द्वन्द्व पीडितद्वारा मानव अधिकार आयोगमा धर्ना

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

Protest at the Human Rights Commission by conflict victims

काठमाडौँ — सशस्त्र द्वन्द्वका पीडितहरुले मानव अधिकार आयोगको कार्यालय, पुल्चोकमा धर्ना दिएका छन् । संक्रमणकालीन न्याय टुंगाउन बनाइएका दुईटा आयोग– सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी सिफारिस समिति सदस्य लीली थापाले नामहरु बुझाएपछि असन्तुष्ट जनाउँदै उनीहरुले आइतबार आयोगमा धर्ना दिएका हुन् ।

सिफारिस समितिकी सदस्य थापाले दलगत रुपमा नामहरु सिफारिस गरेको आरोप लगाउँदै पीडितहरुले आयोगको कार्यालयमा धर्ना दिएका हुन् । आफूहरुका माग सम्बोधन नभए कार्यालयमा ताला लगाउने तथा समानान्तर सत्यनिरुपण आयोग बनाएर आगाडि बढ्ने पीडितहरुले बताएका छन् । 

सिंहदरबारमा सिफारिस समितिको बैठक बसिरहेका बेला पीडितहरूले सरकार र दल नियन्त्रित प्रक्रियाबाट बनाइने देखावटी आयोग नमान्ने भन्दै दलका कार्यकर्ता सिफारिस नगर्न दबाब दिँदै शनिबार पनि माइतीघरमा धर्ना बस्नुका साथै विरोध र्‍याली निकालेका थिए ।

केहीदिन अघिमात्रै द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले दलीय भागबण्डा नभइ निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीहरू सिफारिस गर्न गठित समिति ३४ महिनादेखि खाली रहेका छन् ।

मन्त्रिपरिषद्को चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो।

Protest at the Human Rights Commission by conflict victims

कान्तिपुर

Link copied successfully