जबरजस्ती करणी गरेर फरार अभियुक्त कतारबाट पक्राउ

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Accused who absconded by coercion arrested from Qatar

काठमाडौँ — जबरजस्ती करणी गरेर फरार रहेका पर्साको  वीरगञ्ज महानगरपालिका–३१ बेलवाप्रसौनीका समसुद्दिन अन्सारीलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ।

जबरजस्ती करणी कसूरका प्रतिवादी अन्सारीलाई नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरी कतारबाट पक्राउ गराएको हो।

उनलाई एनसीबी कतार दोहाको समन्वयमा पक्राउ गरी बिहीबार नेपाल ल्याइएको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइने प्रहरीले जनाएको छ।

उनीविरुद्ध प्रहरीले गत अप्रिल १ मा मा रेडक कर्नर नोटिस जारी गरेको थियो। 

कान्तिपुर

Link copied successfully