भारत-पाकिस्तान युद्धबारे साझा अभिमत जारी गर्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Common opinion should be issued on India-Pakistan war: Congress General Minister Sharma

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भारत-पाकिस्तान युद्धबाट नेपालमा पर्न सक्ने असरबारे सरकार, सरकारमा रहेका दल, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी दल, नेपाली मिडिया एक ढिक्का उभिन जरुरी रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री र सबै दलका सभापति र अध्यक्षलाई ध्यानाकर्षण गराउँदै जारी भारत पाकिस्तान युद्धका असर नेपालमा कहाँ र कसरी पर्नसक्छ भन्नेबारे गम्भीर राष्ट्रिय विमर्श गर्नुपर्ने बताएका छन् ।

भारत-पाकिस्तान युद्धबारे ५ बुँदामा आफ्नो विचार सार्वजनिक गर्दै उनले भारत र पाकिस्तानमा अध्ययन, श्रम र व्यवसायमा रहेका नेपालीमाथि विकसित घटनाबाट के प्रभाव पर्छ भन्नेबारे सतर्क हुनुपर्ने भन्दै जोखिम क्षेत्रका लागि `सूचना र सम्पर्क नेटवर्क´ स्थापित गर्दै काठमाडौं, दिल्ली र इस्लामावादमा सरकारले `रेस्क्यु डेस्क´ निर्माण गर्नुपर्ने र जोखिम क्षेत्रबाट घर फर्कन चाहनेलाई आवश्यक सहजीकरण गर्नुपर्ने बताएका छन् । 

महामन्त्री शर्माले भारत-पाकिस्तान युद्धबारे प्रधानमन्त्रीले अविलम्ब सर्वदलीय छलफल बोलाएर साझा रास्ट्रीय अभिमत जारी गर्नुपर्ने देखि विपक्षी दलहरुसमेत विषयगत संवेदनशीलता र दृष्टिगत गरेर सरकारको साथमा उभिनुपर्ने बताएका छन् ।

उनले आतंकवाद नियन्त्रण र युद्धको चाँडो समाप्तिका लागि सार्क अध्यक्षका रुपमा नेपालले क्रियाशीलता देखाउनुपर्ने र भारत-पाकिस्तान युद्ध लम्बियो भने नेपालमा पर्नसक्ने बहुआयामिक असरबारे संघीय, प्रदेश र स्थानीय सरकारहरुले तयारी गर्नुपर्ने विचार अघि सारेका छन् ।

कान्तिपुर

Link copied successfully