भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्न सरकारले पहल बढाउनुपर्छ : सांसद आचार्य

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Government should increase initiative to make Bhairahawa International Airport operate regularly: MP Acharya

काठमाडौँ — प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनका लागि सरकारले पहल बढाउनुपर्ने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विमानस्थललाई नियमित सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले विमानस्थल सञ्चालनका लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको भन्दै सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिएका छन्।

उनले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच गर्ने कार्यालय, भिसा सहजीकरण कार्यालय लगायतका अत्यावश्यक सरकारी निकाय स्थापना गर्नुपर्ने बताए। व्यवसायीहरू विमानस्थल नचल्दा मर्कामा परेको र उनीहरूले क्षतिपूर्ति समेत माग गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले भनेका छन्, 'भैरहवा विमानस्थल सञ्चालनका लागि त्यहाँ अहिले व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्। त्यसमा सरकारी पहल बढाउनुपर्छ। म्यानपावर कम्पनीले त्यहाँबाट सेवा दिनुपर्ने, स्वास्थ्य जाँच गर्ने कार्यालयको व्यवस्था गर्नुपर्ने, एयरपोर्टमा खास समयका लागि सरकारी सहुलियत उपलब्ध गराउनुपर्ने, भिसा सहजीकरण कार्यालय खोली काम सञ्चालन गरी व्यवसायीहरूको माग सम्बोधन गरियोस्।'

उनले कपिलवस्तुको तिलौराकोट उत्खनन, पुनर्निर्माण र संरक्षणको पर्खाइमा रहेको हुँदा त्यसका लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। वार्षिक डेढ लाख पर्यटक पुग्ने तिलौराकोटमा व्यवस्था कमजोर रहेको गुनासो गरेका छन्।

कान्तिपुर

Link copied successfully