जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई आग्रह

वैशाख २४, २०८२

न्युज एजेन्सी नेपाल

Urge the government to bring the Non-Governmental Bill on Burns for discussion

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई आग्रह गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कंसाकारले लामो समयअघि दर्ता गरिएको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा नआएकोप्रति आपत्ति जनाएकी थिइन्। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने भनिएको भए पनि विधेयक अझै छलफलमा नआएको भन्दै गुनासो राखेकी थिइन्।

उनले विधेयकलाई तत्काल सदनमा प्रस्तुत गरेर छलफल अघि बढाउन र भविष्यमा जलन पीडितको उपचार अन्योलमा नपरोस् भनी सरकारलाई आग्रह गरेकी छन्।

उनले भनिन्, '२०८२/०८३ को नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने भनिएको छ। तर, हामीले लामो समयअघि दर्ता गरेको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा ल्याइएको छैन। म यो सदनमार्फत स्वास्थ्य मन्त्रीज्यू र सरकारलाई आग्रह गर्न चाहन्छु— भुक्तानी र आश्वासन अनुसार तुरुन्तै विधेयक छलफलमा ल्याइयोस्।'

मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी गैरसरकारी विधेयक गत वर्षको भदौमा प्रतिनिधिसभामा दर्ता गरिएको थियो।

न्युज

Link copied successfully