केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Central Police Spokesperson Senior Superintendent of Police Thapa

काठमाडौँ — केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई दिइएको छ। प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई उक्त जिम्मेवारी दिएको हो।

नेपाल प्रहरीले सम्पादन गर्ने जनसरोकारका कार्यहरू यथार्थपरक तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ताका रूपमा नियुक्त गरिएको सचिवालयले जनाएको छ।

यसैबीच, वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मीको धुर्कोट गाउँपालिका–३ निवासी २८ वर्षीय दीपेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको नाममा छ जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ उठाएर महत फरार भएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

कान्तिपुर

Link copied successfully