युवा संघको दसौं महाधिवेशन जेठ दोस्रो साता पोखरामा

वैशाख २३, २०८२

अनुप पौडेल

The 10th Congress of the Youth Association was held in Pokhara on the second week of May

कास्की — एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दसौं महाधिवेशन जेठ दोस्रो साता पोखरामा हुने भएको छ ।

जेठ ९ देखि ११ गतेसम्म पोखरा सभागृहमा आगामी महाधिवेशन हुने संघले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । देशभरबाट करिब २ हजार जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । वर्तमान अध्यक्ष थेबेले अध्यक्षमा नदोहोरिने र पार्टी राजनीतिमा सक्रिय हुने आन्तरिक तयारी गरेका छन् । भावी अध्यक्षमा उपाध्यक्षद्वय महाराज गुरुङ, प्रवक्तासमेत रहेका अर्का उपाध्यक्ष कृष्णहरि केसी, महासचिव सुमन पुरी प्रमुख दाबेदार छन् ।

महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ ।

अनुप

Link copied successfully