माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेट

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Meeting between Maoist Chairman Dahal and Finance Minister Paudel

काठमाडौँ — माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा भेटघाट भएको छ । भेटमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा अध्यक्ष दाहालसँग विमर्श गरेका छन् । 

सोमबारको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष दाहालले वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै बनेको बताएका थिए ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श थालेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully