सत्ता पक्ष र प्रतिपक्ष मिलेर नीति तथा कार्यक्रम लागू गराउनुपर्छ : कांग्रेस सांसद थापा

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

The ruling party and the opposition should implement policies and programs together: Congress MP Thapa

काठमाडौँ — कांग्रेस सांसद राजु थापाले नीति तथा कार्यक्रम सरलीकृत भाषामा सकारात्मक आएको बताएका छन् । आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम आएको र अब यसलाई लागू गराउने जिम्मेवारी संसद्का सबै राजनीतिक दलको रहेको बताए

। उनले भने, ‘विशेष गरी शिक्षा, रोजगारीलाई महत्त्व दिएको छ, नीति तथा कार्यक्रमले देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्छ ।’ 

विगतका नीति तथा कार्यक्रमलाई सफल बनाउन नसकिएकोप्रति संकेत गर्दै थापाले सत्तापक्ष र विपक्षी दल मिलेर नीति तथा कार्यक्रमलाई लागू गराउनुपर्नेमा जोड दिए । उनले नीति तथा कार्यक्रमलाई राजनीतिक अस्थिरता, कमजोर संस्थागत क्षमता, भौगोलिक जटिलता, कर्मचारीतन्त्र, सामाजिक र सांस्कृतिक प्रभाव, तीन तह सरकारको समन्वयको अभाव र बढ्दो भ्रष्टाचार जस्ता कारणले देशको नीति तथा कार्यक्रमलाई प्रभाव पार्ने गरेको उल्लेख गरे । 

युवालाई बिदेसिन रोक्नका लागि र रोजगारीसँग जोड्नका लागि नीति तथा कार्यक्रमले रोजगारी दशकको परिकल्पना गरेकोले २०३० सम्म धेरै युवालाई रोजगारी दिन सकिने सांसद थापाले बताए ।

कान्तिपुर

Link copied successfully