'संघीय संसद् भवन नै चार पटक म्याद थप्दा पनि बनेको छैन, दुरदराजको अवस्था के होला ?'

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

'The federal parliament building itself has not been built even after extending the deadline four times, what would be the dire situation?'

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद सीता मिजारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माणको काम नै चार पटक म्याद थप हुँदा पनि पूरा नभएको भन्दै विकास निर्माणका काममा भइरहेको ढिलासुस्तीबारे प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद मिजारले सिंहदरबारभित्रै निर्माणाधीन संसद् भवनको चार पटक म्याद थप हुँदा बल्ला ८६ प्रतिशतमात्रै काम भएको बताइन् ।

'सिंहदरबारको हाता भित्र २०७९ असोज १६ मा सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ भएको संघीय संसद् भवन निर्माण आयोजनाको हालसम्म चौथो पटक म्याद थप हुँदा समेत ८६ प्रतिशतमात्र भौतिक प्रगति भएको अवस्था छ,' सांसद मिजारले भनिन्, 'पटक-पटक उच्च पदस्थ पदाधिकारीहरुले अनुगमन तथा निरीक्षण गरिरहँदा, सबैको नजरमा पर्ने स्थानमा निर्माण भइरहेको आयोजनाको त यो अवस्था छ भने देशका अन्य भागमा संचालित आयोजनाको हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ ।'

उनले विकास निर्माणमा हुने ढिलासुस्तीले नागरिकमा सरकारप्रति निराशा बढाएको बताइन्।

कान्तिपुर

Link copied successfully