धनकुटा — जिल्ला भलिबल संघ धनकुटाले अनुशासनहीन गतिविधि गरेको भन्दै जिल्लाका चार खेडालीलाई कारबाही गरेको छ ।संघले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
भलिबल संघको आयोजनामा सञ्चालन भएको भलिबल उत्सव तथा पालिकास्तरीय महिला भलिबल तथा वडास्तरीय पुरुष भलिब प्रतियोगिताका क्रममा नाराबाजी तथा खेल अनुशासनविरुद्धका गतिविधि गरेकोले कारबाही गरिएको उल्लेख छ ।
कारबाही गरिएका खेलाडीमा सन्तोष निरौला, नरेशजंग थापा, सुजन तामाङ र सुजन पौडेल (टिम कोच) रहेका छन् । खेल मैदानमा प्रवेश गरेर नाराबारी र खेल रोक्ने प्रयास गरेको गरेकोले जिल्ला भलिबल संघ धनकुटाले दुई वर्षसम्मका लागि उनीहरुमाथि कारबाही गरिएको संघका अध्यक्ष गौरव कार्कीले बताए । कारबाहीमा परेकाहरुलाई धनकुटामा आधिकारिकरुपमा हुने जिल्ला, पालिका, वडा तथा विद्यालयस्तर राष्ट्रपति रनिङ शिल्डमा समेत सहभागी हुन प्रतिबन्ध लगाउने निर्णय गरिएको कार्कीले जनाएका छन् । संघको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
संघले जिल्ला खेलकुद विकास समिति र कोशी प्रदेश भलिबल संघलाई बोधार्थ दिएर कारबाहीको गरेको छ ।
