संकीर्णताले एनआरएनएमा विभाजन आयो : पूर्वप्रधानमन्त्री भट्टराई

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Parochialism led to division in NRNA: Former Prime Minister Bhattarai

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलीय संकीर्णताले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको बताएका छन् ।

‘दलसँग आबद्ध हुनुपर्छ । तर, मुलुकबाहिर एनआरएनएलाई साझा रुपमा राख्नुपर्छ । दलीय संकीर्णतामा जानुहुँदैन,’ गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘अहिले एनआरएनएमा विभाजन देखिनुको अन्तर्य दलीय संकीर्णता हो ।’

उनले एनआरएनको विवाद अड्डा अदालतमा जानु आवश्यक नभएको बताए । ‘अदालतको एकताको भाव एनआरएनएमा कायम राख्नुपर्छ । यो महाधिवेशनबाट छुटेका साथीहरुले प्रतिष्ठाको विषय नबनाएर एनआरएनएलाई एकताबद्ध बनाउनुपर्छ,’ उनले भने ।

नेपालमा सबैभन्दा बढी पुँजी, ज्ञान र सीपको आवश्यकता भएकाले संविधानमा लेखिएबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक सहितको अधिकारको नागरिकता दिनुपर्ने उनले बताए । ‘एनआरएनलाई नागरिकता दिन कुनै छेकबार गर्नुहुन्न । संविधानको भावनाविपरीत नीति नियम आउनुहुँदैन,’ उनले भने ।

कान्तिपुर

Link copied successfully