वातावरणीय समस्याको समाधानमा वैज्ञानिक अनुसन्धान आवश्यक : वनमन्त्री शाही

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Scientific research is needed to solve environmental problems: Forest Minister Shahi

काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वातावरणीय समस्याको समाधानमा वैज्ञानिक अनुसन्धान आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित 'विश्व वनस्पति मानविकी सम्मेलन' मा मन्त्री शाहीले उक्त भनाइ राखेका हुन् ।

'हामीले अनुसन्धानमा लगानी गर्नुपर्छ । जसले हाम्रो बुझाइलाई समुन्नत बनाउछ,' उनले भने, 'साथै वातावरणीय संरक्षणको पक्षमा कार्यान्वयन योग्य नीतिहरू निर्माणको आधारशीला तयार गर्न मद्दत पुग्नेछ ।'

मेधावी कलेजले आयोजना गरेको उक्त सम्मेलनमा मन्त्री शाहीले वनस्पतिले मानव अस्तित्वमा गहन महत्व राख्ने र यी मावन जीवनको मेरुदण्ड भएको बताए । 'वनस्पतिले हाम्रो ग्रहको स्वास्थ्यको आधारशिलाको रुपमा पोषण, उपचार र अक्सिजन प्रदान गर्छन्,' उनले भने, 'तर  दैनिक जीवनमा हामी प्रायः वनस्पतिको महत्वलाई बिर्सने गर्दछौं ।'

जलवायु परिवर्तनले बोटबिरुवालाई मानवलाई भन्दा धेरै असर गरिरहेकाले वैज्ञानिकहरुले प्राकृतिक वातावरणीय समाधान, प्रकृतिमा आधारित जलवायु परिवर्तनसँग लड्ने क्षमता र दिगो लक्ष्य प्राप्त गर्ने समाधानका उपाय अघि सारेको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully