अधिकृत विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Officer Bista was detained for four days and extended for investigation

काठमाडौँ — सर्वोच्च अदालतका मुद्दा तथा रिट महाशाखाका अधिकृत महिमानसिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजालसले विष्टलाई म्याद थप अनुमति दिएको हो । उनीमाथि फौजदरी अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गराउन अनाधिकृत पत्र लेखेको पुष्टि भएपछि विष्टलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  

कान्तिपुर संवाददाता

Link copied successfully