चौथाइवालेले राजावादी आन्दोलनमा भारतको समर्थन र सद्भाव नभएकाे बताए : नेता पुन

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Chathaiwale said that there is no support and harmony of India in the royalist movement: Leader Pun

काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले माओवादी उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् । शुक्रबार भएको भेटपछि चौथाइवालेको भनाइ उद्धृत गर्दै पुनले भने, ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सद्भाव र छैन ।’

भारतको जम्मू–कश्मीर क्षेत्रस्थित पहलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाइवालेले खुसी व्यक्त गरेको पुनले बताए । उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान नगएको थियो । चौथाइवालेसँग माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको जानकारी पुनले दिए ।

बुधबार नेपाल भ्रमणमा आएका चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री आरजु राणा देउवालगातसँग भेटवार्ता गरिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully