सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

Preparation of decisive talks between the government and the protesting teachers

काठमाडौँ — सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज निर्णायक वार्ताको तयारी छ। दुवै पक्ष अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

आन्दोलनरत शिक्षकहरूका मागलाई सम्बोधन गर्ने समझदारीसहित आज अन्तिम वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए। शिक्षकहरू २८ दिनदेखि काठमाडौँका सडकमा प्रदर्शन गर्दै आएका छन् । 

प्रवक्ता सापकोटाका अनुसार बुधबार दिउँसो ३ बजेपछि वार्ताको तयारी छ । 'हामी निर्णायक वार्ताको तयारीमा जुटेका छौँ,' उनले भने।

शिक्षक महासंघको पनि बानेश्वरमा बैठक बसिरहेको छ। स्रोतका अनुसार सरकारले शिक्षा ऐन जारी गर्ने कार्यतालिकासहितको प्रतिबद्धता जनाउने र आन्दोलन स्थगित गर्ने समझदारी हुँदै छ। त्यस्तै, कक्षा-१२ को परीक्षा समेत निर्धारित मितिमै सञ्चालन गर्ने गरी तयारी भइरहेको छ।

कान्तिपुर

Link copied successfully