शिक्षक आन्दोलनमा पुगेका पूर्वप्रधानमन्त्री नेपाल र खनाल फर्काइए

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

The former Prime Minister who joined the teachers' movement was sent back to Nepal and Khanal

काठमाडौँ — शिक्षक आन्दोलनमा समर्थन जनाउन प्रदर्शनस्थल पुगेका एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालविरुद्ध केही शिक्षकले नाराबाजी गरेपछि उनीहरू फर्किएका छन्।

आइतबार शिक्षकहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि नेपाल, खनाल, पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरलगायत समाजवादी नेताहरू बानेश्वर पुगेका थिए। केही शिक्षकले ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसद्बाट शिक्षकका माग पूरा गर्नुस्’ भन्दै नाराबाजी गरेपछि उनीहरू फर्किएका हुन्। नेताहरूले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको भए पनि यसै फर्किएको शिक्षक महासंघका पदाधिकारीहरूले बताएका छन्।

उनीहरूले महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत नेतृत्वसँग भेटेर आन्दोलनमा समर्थन रहेको र सरकारले शिक्षकका माग पूरा गर्नुपर्ने धारणा राखेका थिए।

२७ दिनदेखि शिक्षकहरू माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। उनीहरूको माग सम्बोधन गर्न सरकारले चाँडो कदम चाल्नुपर्ने दबाब बढ्दै गएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा पनि शिक्षकका मागबारे सत्ता पक्ष र विपक्षी सांसदहरूले आवाज उठाएका थिए। विपक्षी दलहरूले शिक्षकका मागबारे छलफल गर्न सार्वजनिक महत्त्वको प्रस्तावसमेत दर्ता गराएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully