हामीसँग अहिले बन्दुक छैन, प्रचार संयन्त्रमार्फतै बुर्जुवाहरूविरुद्ध लडाइँ लड्नुपर्छ : अध्यक्ष दाहाल

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

We don't have guns now, we have to fight against the bourgeoisie through the propaganda mechanism: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले माओवादीहरूका हातमा बन्दुक नरहेकाले प्रचार संयन्त्रमार्फतै बुर्जुवाहरूविरुद्धको लडाइँ लड्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरूसँग बन्दुक नरहेकाले प्रचारमार्फतै बुर्जुवाहरूसँग लड्नुपर्ने बताएका हुन्। उनले अहिले बन्दुक चलाएर अगाडि बढ्ने परिस्थिति पनि नभएको बताएका छन्। उनले प्रचार संयन्त्रमार्फतै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रविरुद्ध लड्न आवश्यक रहेको बताएका छन्। उनले त्यसैले आफ्ना पार्टीले सूचना तथा प्रचारप्रसार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।

अध्यक्ष दाहालले भने, ‘अहिले हामीसँग बन्दुक छैन। बन्दुक चलाएर अगाडि बढ्ने परिस्थिति पनि होइन। त्यसैले अब प्रचार संयन्त्रमार्फतै हामीले बुर्जुवाहरूसँग लडाइँ लड्नुपर्छ। प्रचार संयन्त्रमार्फतै वैदेशिक प्रतिक्रियावादसँग लड्नुपर्छ। देशभित्रका सबै यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रविरुद्ध लड्नुपर्छ। त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ। पार्टीको यो प्राथमिकतालाई ठीक ढंगले नै बुझ्नुभएको महसुस मैले गरेको छु।’

अध्यक्ष दाहालले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अघि बढिरहेको बताएका छन्।

कान्तिपुर

Link copied successfully