अहिले सबैभन्दा बढी शान्तिको आवश्यकता छ : प्रधानमन्त्री ओली

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Peace is most needed now: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति आजको सबैभन्दा बढी आवश्यकता भएको बताएका छन् । शनिबार लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले युद्धका बादलहरू मडारिरहेको उल्लेख गर्दै, 'दुनियाँ कहीँ युद्धतिर त जाँदैन?' भन्ने डर रहेको बताए । त्यसका लागि शान्तिको आवश्यकता अपरिहार्य रहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, 'युद्ध गर्नका लागि पर्याप्त सैन्य शक्ति, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध लड्न सकिने, हतियारहरूको निर्माण भएको छ। खतरनाक हतियारहरूको निर्माण भएको छ। यो विश्व शान्तिका लागि एउटा चुनौती हो। यसलाई रोक्न आवश्यक छ। म भन्न चाहन्छु, हतियारले, युद्धबाट युद्धले शान्ति स्थापना गर्न सक्दैन। युद्धबाट युद्ध, युद्धमाथि युद्ध थपेर, हिंसा माथि हिंसा थपेर, अझ ठूलो हिंसा थपेर हिंसा र विनाश थपेर शान्तिको सम्भावना हुँदैन। यस कारण, विश्वभरका सचेत र शान्तिप्रिय मानिसहरूको शान्तिका निम्ति आकाङ्क्षा महत्त्वपूर्ण छ।'

प्रधानमन्त्री ओलीले युद्धमाथि युद्ध र हिंसा माथि हिंसा थपेर शान्ति प्राप्त नहुने बताए ।

कान्तिपुर

Link copied successfully