कांग्रेस सांसद माया राई पक्राउ

वैशाख १३, २०८२

विवेक पोख्रेल

Congress MP Maya Rai arrested

काठमाडौँ — कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धानको कार्यालयले शनिबार राति साढे ८ बजेतिर उनलाई घरबाटै पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

‘काठमाडौंको कपनस्थित घरबाट पक्राउ गरेर प्रहरी परिसर काठमाडौंलाई अहिले नै बुझाउँदै छौं,’ उनले भने, ‘राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।’

कांग्रेसको केन्द्रीय सदस्य राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully