प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने, दाहाल अनुपस्थित हुने

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister will address the House of Representatives, Dahal will be absent

काठमाडौँ — संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज प्रतिनिधिसभाको बैठकमा सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम उल्लेख छैन। प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा सुरूमै समय लिएर समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम भए पनि बजेट अधिवेशनको पहिलो दिन प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल भने संसद्मा अनुपस्थित हुने भएका छन्। दाहाल शुक्रबार गोरखा भूकम्प गएको १० वर्ष पुगेको कार्यक्रममा सहभागी हुन बारपाक पुगेका छन् । 

‘सरकारले हामीसँग समन्वय नै नगरी संसद्को बैठक बोलाउन सिफारिश गर्‍यो । बैठक सुरु भएकै दिन प्रधानमन्त्रीले सम्बोधन गरेर ढिलो गरी जानकारी दिइयो,’ मुख्य सचेतक हितराज पाण्डेले भने, ‘संसद्को शुक्रबारको बैठकमा अध्यक्ष दाहाल सहभागी हुन भ्याउनु हुन्न।’

यसबाहेक शुक्रबार प्रतिनिधिसभामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तो छ शुक्रबारको प्रतिनिधि बैठकको सम्भावित कार्यसूची

The Prime Minister will address the House of Representatives, Dahal will be absent

कान्तिपुर

Link copied successfully