देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

ओपीडीमा आएका बिरामी उपचार नपाएर फर्कन बाध्य

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Government hospitals across the country have suspended services except for emergencies

काठमाडौँ — आवासीय चिकित्सकलाई सरकारी आठौं तह सोसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै आन्दोलरत चिकित्सकले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज, ओपीडी सेवा बन्द भएको चिकित्सकहरुले बताए । संघका अध्यक्ष अनिलविक्रम कार्कीले बिहीबार साँझ विज्ञप्ति जारी गरेर आकस्मिक बाहेकका सेवा बन्द गर्न अपिल गरेका थिए ।

देशभरका अधिकांश सरकारी अस्पताल, मेडिकल कलेज र केही निजी अस्पतालको समेत सेवा अवरुद्ध भएको संघले जनाएको छ । ओपीडीमा आएका बिरामी भने उपचार नपाएर फर्कन बाध्य भएको विभिन्न अस्पतालहरुले जनाए । काठमाडौं उपत्यकाका वीरलगायत ठूला अस्पतालमा पनि ओपीडी सेवा सञ्चालन हुन सकेन । काठमाडौं उपत्यकाका चिकित्सक सेवा रोकेर माइतीघरमा धर्नामा सहभागी भएका थिए ।  

Government hospitals across the country have suspended services except for emergencies

आवासीय चिकित्सक एक महिनादेखि निर्वाह भत्ताको माग गर्दै आन्दोलनमा छन् । उनीहरुको आन्दोलनमा चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएपछि देशभरका स्वास्थ्य संस्थामा सेवा प्रभावित बनेको हो । चिकित्सा शिक्षा आयोगले फागुनदेखि मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरे पनि निजी मेडिकल कलेजले त्यसलाई निर्णय अस्वीकार गर्दै आएका छन् । भत्ता उपलब्ध गराउँदा घाटा हुने निजी मेडिकल एसोसिएसनले जनाएको छ ।

कान्तिपुर

Link copied successfully