पाल्पा — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको नवौं जिल्ला अधिवेशनले अशोक कुमार शाहीको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख शाही समाजवादीका पूर्व जिल्ला अध्यक्ष कमल पाण्डेयको निधनपछि अध्यक्षमा मनोनित भएका थिए । अधिवेशनले पुनः शाहीलाई नै अध्यक्षको जिम्मेवारी दिएको हो ।
कमिटीको उपाध्यक्षमा मोहनलाल गैरे र बिनिता लुईटेल, सचिवमा जगन्नाथ नेपाल साथै उपसचिवमा टोपबहादुर जर्घा, पदम प्रसाद गैरे र महेश बराल चयन भएका छन् ।
अधिवेशनमा पार्टी आबद्ध जनवर्गीय संगठनका प्रतिनिधिहरु तथा पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो । पार्टीका उपमहासचिव मेटमणि चौधरीले अधिवेशनमा सम्बोधन गरेका थिए ।
