शिक्षामन्त्रीमा एमाले सांसद पन्त नियुक्त

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

UML MP Pant appointed as Minister of Education

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा एमाले सांसद रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई नियुक्त गरिएको हो । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले राष्‍ट्रपति रामचन्द्र पौडेलले २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

नवनियुक्त मन्त्री पन्तको बिहीबार अपराह्न ४ बजे पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।  

बुधबार नै प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् । आफूविरुद्ध अभिव्यक्ति दिएको भन्दै ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् ।

UML MP Pant appointed as Minister of Education

कान्तिपुर

Link copied successfully