प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट

वैशाख १०, २०८२

न्युज एजेन्सी नेपाल

Meeting between Prime Minister Oli and Brazilian footballer Roberto Carlos

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन्।

नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आएका ब्राजिलियन लेजेन्ड कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनबारे महत्त्वपूर्ण छलफल भएको हो। सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए।

Meeting between Prime Minister Oli and Brazilian footballer Roberto Carlos

प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्लाइट’ र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे।

आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीहरू सँग भेट्न पाउँदा खुसी लागेको बताए ।

Meeting between Prime Minister Oli and Brazilian footballer Roberto Carlos

५२ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिल राष्ट्रिय टिमबाट खेलेका थिए।

कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम तय भए पनि स्वास्थ्य अवस्थाका कारण त्यतिबेला आउन सकेका थिएनन्।

ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस टोलीका एक महत्त्वपूर्ण खेलाडी थिए।

Meeting between Prime Minister Oli and Brazilian footballer Roberto Carlos

न्युज

Link copied successfully