कम्युनिस्टहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता हो : अध्यक्ष दाहाल

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Uniting communists is the need of the day: President Dahal

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताएका छन्।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उनले, 'लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिस्ट आन्दोलनका लागि गर्वको विषय हो' भने।

उनले कम्युनिस्ट पार्टीको सङ्घर्षपूर्ण इतिहासको चर्चा गर्दै, कम्युनिस्ट आन्दोलनले विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, 'आजको आवश्यकता कम्युनिस्टहरूलाई फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिस्टहरूको वैचारिक आधारमा एकता चाहन्छौँ। जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौँ।'

कान्तिपुर संवाददाता

Link copied successfully