कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's directive to move class 12 exams

काठमाडौँ — कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा केही दिन पर सार्न प्रधानमन्त्रीले आग्रह गरेको उनको सचिवालयले जानकारी दियो ।

शिक्षा सचिव काफ्लेले प्रधानमन्त्रीलाई भेटेर फर्किएको र बोर्डको बैठक बसेर परीक्षाको विषयमा निर्णय लिने बताए । बोर्डको बैठकले वैशाख ११ देखि तय भएको परीक्षा स्थगित गर्ने सम्भावना रहेको छ ।

चैत २० देखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन जारी राखेकै अवस्थामा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएपछि परीक्षा अन्योलमा परेको थियो । 

२१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षक, कर्मचारीलाई परीक्षामा सहभागी नहुन अपिल गर्दै आएको छ । 

कान्तिपुर

Link copied successfully