राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता सिंहदरबारबाट पक्राउ

वैशाख ७, २०८२

विवेक पोख्रेल

Three leaders including RPP President Lingden were arrested from Sinha Darbar

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि उनीहरुले पम्प्लेट लिएर प्रदर्शन गरेका थिए । सुरुमा दलको कार्यालयमा काम छ भनी छिरेका उनीहरू केहीबेरमा प्रदर्शन गर्दै निस्केपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरू पक्राउ परिसकेको र आफूहरूले बिजुलीबजारमा प्रदर्शन जारी राखेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए । 'जनताको आवाज दबाउन राज्य लागिपरेको' उनले बताए ।

आज राप्रपाले काठमाडौंमा प्रदर्शन जारी राखेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको  छ । प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयाससमेत गरेका थिए । राप्रपाले राजतन्त्र पुन:स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully