विराटनगर — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र खतरामा नभएको दाबी गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा पर्छ भन्ने भाष्य ठीक नभएको बताए ।
'गणतन्त्र खतरामा छैन,' दाहालको प्रष्टोक्ति थियो, 'गणतन्त्रमा हामी एक यसै पनि छौं, तेसै पनि छौं ।'
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक पुनरागमनका सन्दर्भमा सोधिएको एक प्रश्नमा दाहालले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले उनलाई राजनितिमा फर्किन नरोक्ने जिकिर गरे । दाहालले थपे,'उहाँहरूलाई राजनीतिमा आउने इच्छा भयो भने रोक्ने केही पनि छैन ।'
