प्लास्टिकजन्य फोहोरले हिमाल र मानवलाई गम्भीर असर पारेको छ : वनमन्त्री शाही

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Plastic waste has seriously affected mountains and humans: Forest Minister Shahi

काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले प्लास्टिकजन्य फोहोरले हिमाल, नदी, पहाड, समुद्र र मानव स्वास्थ्यलाई गम्भीर असर पारेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘काठमाडौं प्लास्टिक फोहोर व्यवस्थापन सम्मेलन २०२५’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले प्लास्टिकजन्य फोहोरले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पारेको बताएका हुन् ।

‘आजको चुनौती भनेकै यसलाई वैज्ञानिक र दिगो रूपमा व्यवस्थापन गर्नु रहेको छ,’ उनले भने, ‘प्लास्टिक प्रदुषणका प्रभाव र यसले ल्याउने समस्याको समाधान गर्न सरकार एक्लैको प्रयास पर्याप्त हुँदैन । यसका लागि सबैको सहकार्य आवश्यक पर्दछ ।’ 

त्रिभुवन विश्वविद्यालयको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभाग र प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया प्रोजेक्टले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले प्लास्टिक प्रदूषण कम गर्न शिक्षण संस्था, अनुसन्धान केन्द्र, स्थानीय सरकार, अन्तर्राष्ट्रिय साझेदार र नागरिकको सहकार्य आवश्यक पर्ने बताएका हुन् ।

साथै उनले सम्मेलनबाट आएको सुझावलाई सरकारले वातावरणमैत्री निर्माण गर्न प्रतिबद्ध रहेको बताए । ‘प्लास्टिकको विकल्प खोज्ने, रिसाइकल प्रविधिलाई प्रोत्साहन दिने र वातावरण संरक्षण कार्यमा थप लगानी गर्ने हाम्रो प्रतिबद्धता यथावत् रहनेछ,’ मन्त्री शाहीले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully