काठमाडौँ — सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाइ प्रहरीले छोडीदिएका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि उनीहरुले पम्प्लेट लिएर प्रदर्शन गरेका थिए । सुरुमा दलको कार्यालयमा काम छ भनी छिरेका उनीहरू केहीबेरमा प्रदर्शन गर्दै निस्केपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राप्रपाले आज राजतन्त्र पुन:स्थापनाको माग राखेर काठमाडौंमा प्रदर्शन गरेको थियो ।
