कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Khadka has been given the responsibility of acting Congress president

काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् । 

सभापति देउवाले आफू देशबाहिर प्रस्थान गरेकाले पार्टीको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully