देउवा दम्पती बैंकक प्रस्थान

स्वास्थ्योपचारका लागि गएका देउवा एक सातासम्म बैंककमा बस्नेछन्

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Deuba couple depart for Bangkok

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका आइतबार दिउँसो थाइल्यान्ड बैंकक प्रस्थान गरेका छन् । उनको सिंगापुरमा आँखा र पेटको उपचार भए पनि यसपटक ‘फलोअप’का लागि थाइल्यान्ड गएका हुन् । देउवा प्रत्येक दुई/तीन वर्षमा स्वास्थ्य फलोअपका लागि सिंगापुर जाने गर्दथे ।  

देउवासँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्यान्ड गएकी छिन् । थाइल्यान्डमा सोमबारदेखि सुरु हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक नियोगको ८१ औं सत्रमा आरजु सहभागी हुने छिन् ।

पारिवारिक स्रोतका अनुसार सिंगापुरमा हेरिरहेका डाक्टर बैंककमा रहेकाले देउवाको फलोअप त्यहीं हुन लागेको हो । तर, कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला देउवा त्यहाँ रहँदा राजनीतिक भेटघाटसमेत गर्न सक्ने अनुमान लगाइएको छ । 

देउवा बैंककमा एक सातासम्म बस्ने छन् । उनको साथमा स्वकीय सचिव भानु देउवा र छोरा जयबिरसिंह देउवासमेत छन् । देउवाले पार्टीको कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खडकालाई दिएका छन् ।

कान्तिपुर

Link copied successfully