उपत्यकामा बिहानैदेखि वर्षा, कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

Rainfall in valley since morning, heavy rain likely at some places of Koshi, Bagmati and Gandaki

काठमाडौँ — आज कोशी र बागमती प्रदेशका एक/दुई ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा मूख्यतया सफा रहने छ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

बेलुका कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

कान्तिपुर

Link copied successfully