काठमाडौँ — कान्तिपुर टेलिभिजनका पत्रकार किरण पौडेल सम्मानित भएका छन् । न्याय र कानुनको क्षेत्रका समाचार सम्प्रेषण गरी स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र लोकतान्त्रिक विधि एवं प्रक्रियाको पक्षमा जनतालाई सुसूचित बनाएको भन्दै नेपाल बार एसोसिएसनले कान्तिपुरकर्मी पौडेललाई सम्मान गरेको हो ।
एसोसिएसनको २०८०/८१ को वार्षिक साधारणसभा तथा २०८२/८५ को नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा कान्तिपुरकर्मी पौडेललाई कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको हो । उनलाई वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।
पत्रकार पौडेललले कान्तिपुर टेलिभिजनमा न्यायपालिका, संवैधानिक आयोग र परराष्ट्र मामिलासम्बन्धी समाचार लेख्दै आएका छन् ।
कार्यक्रममा नेपाल बार एसोसिएसनले रातोपाटी डटकमका सुदर्शन आचार्यलाई समेत पुरस्कृत गरेको थियो ।
