काठमाडौँ — पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । उनले सहमहामन्त्रीबाट दिएको राजीनामाबारे रास्वपा केन्द्रीय समितिको बिहीबारको बैठकमा जानकारीसमेत गराइएकी छन् ।
कार्यवहाक सभापति डीपी अर्यालले आफूहरु छलफल गरेर राजीनामा स्वीकृत/अस्वीकृतको निर्णय लिने जवाफ दिएको श्रेष्ठले बताएकी छन् । श्रेष्ठले सभापति रवि लामिछानेलाई १५ दिनअघि नै राजीनामा बुझाएकी थिइन् । तर, लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।
उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिए पनि रास्वपा नत्यागेको प्रस्ट पारेकी छन् । उनले राजीनामा दिनुको कारण बुँदागत रुपमा उल्लेख गरेकी छन् ।
यस्तो छ राजीनामा पत्र
