जाजरकोटको पैंक केन्द्रबिन्दु भएर आज फेरि ४.४ म्याग्निच्युडको भूकम्प

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

An earthquake of 4.4 magnitude struck again today with its epicenter at Jajarkot

काठमाडौँ — पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पैंक केन्द्रबिन्दु भएर मंगलबार बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार राति मात्रै ९ बजेर ३१ मिनेट जाँदा पैंक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।

केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

यस्तै, गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully