एमालेले ७ जना कम्युनिस्ट योद्धा' लाई सम्मान गर्ने

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

UML to honor 7 communist warriors'

काठमाडौँ — एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।  सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए । 

उपमहासचिव ज्ञवालीका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् । 

त्यस्तै पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवका रूपमा मनाउने गर्ने निर्णय गरेको छ । निरंकुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिए ।

उनले भने, 'आगामी वैशाख ११ गते जनताले जितेको दिन निरंकुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन हो । त्यो दिनलाई हामी उत्सवको रुपमा मनाउने र आजको पुस्तालाई लोकतन्त्र र स्वतन्त्रताको महत्व बताउन, गणतन्त्रको महत्त्व बताउन सेलिबे्रसनको रुपमा काठमाडौंमा एउटा भव्य कार्यक्रम आयोजना गर्दैछौं । त्यसको बारेमा पनि हामीले सल्लाह गरेका छौं ।'

कान्तिपुर

Link copied successfully