प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यान्ह सूचना जारी गर्दै राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेका हुन्
काठमाडौँ — पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू आदेश आइतबार राति १२ बजेसम्मका लागि लम्बिएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यान्ह सूचना जारी गर्दै राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरिएको जानकारी दिएका छन्। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यु आदेश जारी गरिएको छ।
शनिवार हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगन्जमा प्रहरीले २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घण्टाघरदेखि दक्षिणतर्फ वीरगन्ज-३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुंगा हानेको थियो । त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए ।
