वन मन्त्रालयको नाै महिनाको प्रगति : नीतिगत सुधारमा जोड

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Progress of the Ministry of Forests in nine months: emphasis on policy reforms

काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नाै महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीका रूपमा नियुक्ती भएपछि २०८१ असार ३१ देखि चैतसम्म गरेको प्रगति सार्वजनिक गरेका हुन् ।

यो अवधिमा मन्त्रालयले १८ वटा नीति तथा दस्तावेज स्वीकृत गरी कार्यान्वयनमा गइसकेको जनाइएको छ । 

‘मन्त्रालयले विभिन्न विकास आयोजना, राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, स्थानीय तहको संरचना निर्माणका जग्गा भोगाधिकारका लागि अनुमति प्रदान गरेको छ,’ उनले भने, ‘प्रदेश सरकारबाट राष्ट्रिय वनको व्यवस्थापनका लागि एकीकृत रणनीतिक तयार योजना तयार गरिएको छ । हिमाली क्षेत्रका नागरिकको जीविकोपार्जनको महत्वपूर्ण जडिबुटी यार्सागुम्बाको संकलन तथा ओसारपसार सहज बनाउन निर्देशिका स्वीकृत गरिएको छ ।’

मन्त्रालयले राष्ट्रिय वनको एकीकृत रणनीतिक योजना २०८१, दिगो व्यवस्थापन राष्ट्रिय मापदण्ड २०८१, बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१, सामुदायिक वनको मार्गदर्शनलगायत नीति स्वीकृत गरी कार्यान्वयनमा लगेको छ । साथै मन्त्रालयले मरिन, सिबिट, रेन कार्यक्रम, सीआरएलएलपी आयोजना स्वीकृत गरी कार्यान्वयनमा लगिसकेको जानकारी दिएको छ । 

यसैगरी वन ऐन २०७६, वातावरण संरक्षण ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा संशोधन, वनस्पति स्रोत विधेयक तर्जुमा, वन प्राविधिक परिषद् विधेयक तर्जुमालगायत नीतिमा काम भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully