संविधान संशोधन गर्ने भए कार्यकारी राष्ट्रिपतिका लागि गरौं : सांसद सापकोटा

चैत्र ३०, २०८१

रामचन्द्र न्यौपाने

If we are going to amend the constitution, let's do it for the executive president: MP Sapkota

डोल्पा — नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधान संशोधन गर्ने भए कार्यकारी राष्ट्रपतिका लागि गर्नुपर्ने बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रको त्रिपुरासुन्दरी नगरपालिको नगरकमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै सापकोटाले यसो भनेका हुन् ।

‘संविधान नै संशोधन गर्ने भए कार्यकारी राष्ट्रिपतिका लागि गरौं, राष्ट्रपति नभए प्रधानमन्त्रीका लागि गरौं, एक पटक निर्वाचित कार्यकारी राष्ट्रपति भए पाँच वर्ष ढुक्कले काम गर्न पाउँछ, सबै दललाई आग्रह छ,’ सापकोटाले भने ।

‘संविधान विपरीत काम गरेमा महाअभियोग लगाऔं, सांसद्‌ले मन्त्री बन्न नपाउने व्यवस्था गरौं, विज्ञबाट मन्त्री बनाउने कानुन बनाऔं, यसो गरे चुनावमा मन्त्री बन्नकै लागि करोडौं खर्च गर्ने खेलोमेलो बन्द हुन्छ, सरकार पनि स्थिर बन्छ, जसले देश समृद्धि बन्छ, यसमा माओवादी सधैं तयार छ ।’

‘हामीबाट कुनै कमिकमजोरी भए डोल्पाबासीले पक्कै माफी दिनुहुनेछ, आगामी चुनावमा सबै दल एकातिर, अर्कोतिर माओवादी भए पनि पहिलो पार्टी बन्नेछ, ’उनले थपे ।

सबै धर्मप्रति माओवादीको उत्तिकै आस्था र सद्भाव रहेको उनको भनाइ थियो ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully