दुम्किवासको डाइभर्सन बगायो, यातायात अवरुद्ध 

चैत्र ३०, २०८१

नवीन पौडेल

Diversion of Dumkiwas washed away, traffic blocked

नवलपुर — पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको छ । बिहान ११ बजेबाट दाउन्ने खण्डमा यातायात रोकेर मर्मतको काम भइरहेको भए पनि डाइभर्सन भत्किएपछि अत्यावश्यक सवारी समेत सञ्चालन हुन सकेको छैन ।

विनयी खोलामा रहेको पुल पुस २६ गते अत्यधिक भारवहन सवारीको ठक्करबाट पुल भासिएपछि डाइभर्सन निमार्ण गरिएको थियो । वर्षाको कारण खोलामा बाढी आएपछि डाइभर्सन बगाएको र पानीको बहाव कम भएलगत्तै डाइभर्सन बनाउने पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । खोलामा पानीको बहाव कम भएपछि डाइभर्सन निमार्ण सुरु हुने भएकाले तत्कालै सवारी सञ्चालन हुन सक्ने अवस्था छैन । सडक विभाग र प्रशासनले बुटवल नारायणगढ सडक खण्डको यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । आव बिहान बाट वर्षाको कारण दाउन्नेमा एकतर्फी मात्र यातायात सञ्चालनमा आएको थियो । मालबाहक सवारीलाई भने पश्चिममा बर्दघाट र पूर्वमा चोर मारा , अरुण खोला क्षेत्रमा नै रोकेर राखिएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully