त्रिवि उपकुलपतिको राजीनामा स्वीकृतिमा किन ढिलाइ ? प्रधानमन्त्री भन्छन् : मकहाँ आएकै थिएन 

प्रधानमन्त्री एवं त्रिविका कुलपति ओलीले भने,  ‘राजीनामा अर्कैसँग पठाएको रे, मकहाँ आएकै थिएन, कसरी स्वीकृत गर्नु ? आयो, आएपछि स्वीकृत पनि भयो ।’

चैत्र २९, २०८१

घनश्याम गौतम

Why the delay in accepting the resignation of the Vice-Chancellor of the University? The Prime Minister says: He never came to me

बुटवल — प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् ।

शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा अर्कैसँग पठाएको रे, मकहाँ आएकै थिएन, कसरी स्वीकृत गर्नु,’ उनले भने, ‘आयो, आएपछि स्वीकृत पनि भयो ।’ बरालले १५ चैतमै राजीनामा दिएको भए पनि सनाखत (उनकै भए/नभएको यकिन) गर्नुपर्ने भन्दै रोकेर राखिएको थियो । बरालले सचिवालयमार्फत राजीनामा पठाएको बताएका थिए ।  दुई सातापछि राजीनामा स्वीकृत गरिए पनि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छैन ।

प्रधानमन्त्री एवं कुलपति ओलीको असहयोग र हस्तक्षेप रहेको भन्दै बरालले पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री नियुक्त भएदेखि नै ओलीले असहयोग गरेको र पछिल्लो समय विश्वविद्यालयको स्वायत्ततामा समेत हस्तक्षेप गरेको उनको आरोप छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully