तीनकुने घटना : राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई राप्रपाको ध्यानाकर्षणपत्र

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Tinkune incident: RPP's attention letter to the office of the United Nations High Commissioner for Human Rights

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १५ गते  काठमाडौंमा भएको प्रदर्शनका क्रममा राज्यले दमन गरेको भन्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेको पत्रमा सुरक्षाकर्मीहरूले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएएकाहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरेको र मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ । आफ्ना नेता तथा समर्थकलाई पक्राउ गरेर बिनाकुनै कारण गिरफ्तार गरी थुनामा राखिएको पत्रमा उल्लेख छ । उक्त आरोप निराधार भन्दै तुरुन्त फिर्ता लिन पनि माग गरिएको छ ।

शुक्रबार राप्रपाको प्रतिनिधिमण्डलले ललितपुरस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय पुगेर उक्त पत्र एसिया प्यासिफिक क्षेत्रका मानवअधिकार अधिकृत रघु मेननलाई हस्तान्तरण गरेको राप्रापा महामन्त्री शरदराज पाठकले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully