ऊर्जा राज्यमन्त्री तामाङले सचिव आचार्यलाई सोधे २४ घण्टे स्पष्टीकरण

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Minister of State for Energy Tamang asked Secretary Acharya for a 24-hour explanation

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

राज्यमन्त्री तामाङले बिहीबार साँझ सचिव आचार्यलाई स्पष्टीकरण बुझाउन भनी पत्र लेखेका हुन् । उक्त स्पष्टीकरणमा जलस्रोत तथा सिँचाइ विभागले चैत २५ मा गरेको कार्यक्रममा राज्यमन्त्री तामाङलाई प्रमुख अतिथि बनाइएको थियो । मन्त्री दीपक खड्का कार्यक्रममा अनुपस्थित भएपछि राज्यमन्त्री मन्त्री प्रमुख अतिथि बनेका थिए ।

प्रमुख अतिथिको भूमिकामा रहेको बखतमा विभागको सभा हलमा प्रवेशको क्रममा कार्यक्रम सञ्चालकले उद्‌घाटन समारोहका क्रममा आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभइ बेवास्ता गरी सचिव आचार्य बाहिरिएका थिए । 

राज्यमन्त्री तामाङले भने, 'सातै विभागका महानिर्देशक सञ्जिव बरालले पटक–पटक आसनग्रहणको लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको तुच्छ अभिव्यक्ति दिएको लगायतका विषयमा स्पष्टीकरण मागिएको हो ।'

सचिवको व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्‍याएकाले 'तपाईंलाई कारबाही किन नगर्ने ?' भनी स्पष्टीकरण सोधिएको छ ।

Minister of State for Energy Tamang asked Secretary Acharya for a 24-hour explanation

उक्त स्पष्टीकरणबारे प्रधानमन्त्री केपी शर्मा ओली उर्जामन्त्री दीपक खड्का र मुख्य सचिव एकनारायण अर्याललाई जानकारी दिइएको छ ।

कान्तिपुर

Link copied successfully