रोकिराखेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा चालकको मृत्यु

चैत्र २८, २०८१

रञ्जना बिसी

The driver died when a truck hit a parked motorcycle

कैलाली — कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोरी नगरपालिका-२ टनकपुरमा बिहीबार राति ८:४० मिनेटमा से ५ प ६९४४ नम्बरको मोटरसाइकल सडक छेउमा रोकिराखेको अवस्थामा सोही दिशाबाट आइरहेको से १ ख १२६८ नम्बरको मिनिट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका–८ का ४५ वर्षीय अमर बम रहेका छन् । गम्भीर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिए पनि राति ९:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक चुरे गाउँपालिका–५ का ३५ वर्षीय दिल्लीराज पुनमगरसहित ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रञ्जना बिसी

Link copied successfully