नेपाल बारको अध्यक्षमा मिश्र विजयी

चैत्र २८, २०८१

आरती पौडेल

Mishra wins as president of Nepal Bar

काठमाडौँ — कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् ।

५ हजार ५२ मत प्राप्त गर्दै मिश्र बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए ।

नेपाल बारमा सत्तारुढ एमाले र कांग्रेस निकट कानुन व्यवसायी संगठनले गठबन्धन गरी अध्यक्षमा मिश्रलाई अगाडि सारेका थिए ।

प्रतिपक्षी माओवादी र रास्वपालगायतका कानुन व्यवसायीका संगठनले भने श्रेष्ठको नेतृत्वमा प्यानल बनाएका थिए । बारको केन्द्रीय समितिमा मिश्रको प्यानल विजयी भएको हो ।

अध्यक्षमा निर्वाचित मिश्रले चुनावमा अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्ने बताएका छन् । उनले भने, 'नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ । बोलेर हैन काम गरेर देखाउनको लागि हाम्रो टीम नै लागिपर्ने छौँ ।’

नेपाल बारको उपाध्यक्षमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । 

महासचिवमा मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित भएका छन् । कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित भए ।

Mishra wins as president of Nepal Bar

Mishra wins as president of Nepal Bar

आरती पौडेल

Link copied successfully