आईपीयूको स्वास्थ्य समिति सदस्यमा सांसद सोबिता गौतम निर्वाचित 

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

MP Sobita Gautam was elected as a member of the Health Committee of IPU

काठमाडौँ — अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट सांसद सोबिता गौतम निर्वाचित भएकी छन् । उज्बेकिस्तानको तासकन्दमा जारी १५० औं अन्तर व्यवस्थापिका संघको महासभाले गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा बुधबार सांसद गौतम निर्वाचित भएकी हुन् । 

आईपीयूको स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति  बनाउने निर्णय गरिएको थियो। नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयू शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।

स्वास्थ्यसम्बन्धी समितिमा नेपालबाट रास्वपा सांसद गौतमसहित १३ जना निर्विरोध निर्वाचित भएका छन् । यसअघि राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन् ।

कान्तिपुर

Link copied successfully