कान्तिपुरकर्मी मरासिनी सम्मानित

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Kantipur worker Marasini honored

काठमाडौँ — पत्रकारिता क्षेत्रमा डेढ दशक भन्दा लामो समयदेखि क्रियाशील कान्तिपुरकर्मी बुद्धिसागर मरासिनी सम्मानित भएका छन् । मरासिनीलाई काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित 'नेपाल-अस्ट्रेलिया सांस्कृतिक तथा सम्मान कार्यक्रम-२०२५' का अवसरमा सम्मान गरिएको हो । 

उनलाई वैदेशिक मामिला, विदेशस्थित नेपाली समाज, युवा‌, पर्यटन तथा संस्कृति लगायतका क्षेत्रमा पत्रकारिता मार्फत पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । मरासिनीलाई वन तथा वातावरण राज्यमन्त्री रूपा विकले नगद तथा सम्मान पत्र प्रदान गरिन ।Kantipur worker Marasini honored

कार्यक्रममा कान्तिपुरकर्मी मरासिनीसहित पत्रकार राजन पोखरेल, ग्रेट स्तुपा अफ युनिभर्सल कम्प्यासनका संस्थापक इयान ग्रीन 'ओएएम' तथा साइनो टेलिसिरियलका कलाकारलाई पनि सम्मानित गरियो । 

अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रेट स्तुपा अफ युनिभर्सल कम्प्यासन विश्वकै महत्वपूर्ण बौद्ध सम्पदाहरूमध्ये एक हो। लुम्बिनीस्थित बौद्धनाथ स्तुपाको प्रतिरूपमा निर्माण गरिएको यस स्तुपाले बुद्ध धर्म, शान्ति, ध्यान, र संस्कृतिको प्रवर्द्धन गर्दै आएको छ । 

धौलागिरी एडभेन्चर प्रालिको आयोजना तथा मौलिक फिल्म्स प्रालिको सह-आयोजनामा आयोजित नेपाल-अस्ट्रेलिया सांस्कृतिक तथा सम्मान कार्यक्रम-२०२५' मा दुई देशका विज्ञहरूले पर्यटन तथा संस्कृतिका विभिन्न विषयमा छलफल गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully