मुख्यमन्त्री सिंहको प्रष्टीकरण - ‘भारतमा आफन्त भेट्न गएको थिएँ’

चैत्र २७, २०८१

कमलेश ठाकुर

Chief Minister Singh's statement - 'I went to visit relatives in India'

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याएका छन् । 

बुधबार मधेश प्रदेशसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले भारत राजकीय भ्रमणमा नभई आफन्त भेट्न गएको प्रस्ट पारेका हुन् । उनले कुनै सरकारी भ्रमणमा नभई धार्मिक भ्रमणमा गएको समेत बताए । 

अयोध्यासँगको कनेक्सन र पर्यटनलाई जोड्ने उद्देश्यले आफू भारतमा गएको उनले बताए । उनका अनुसार सासु-ससुरा र आफन्तहरु भारतमै छन् । कपिलवस्तुमा मुख्यमन्त्रीको नातेदार छन् । त्यहाँबाट १५ मिनेटको दूरीमा रहेको मन्दिर दर्शन गर्न जाँदा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट भएको उनको भनाइ छ । 

विगतमा पनि कैयन मन्त्रीले परराष्ट्र मन्त्रालयको अनुमतिबिना भारत भ्रमणमा गएको उनले दाबी गरे । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully